उथलपुथल कर्मी बि.क. सम्मानित

तनहुँ।

मिलिजुली युवा क्लब, बन्दिपुर ६, खहरेटार तनहुँले आठौं वार्षिकोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो।

उक्त क्लब र कार्यक्रमको प्रचारप्रसारमा योगदान पुर्‍याएको भन्दै उथलपुथल मिडिया प्रा लि का व्यवस्थापक सुशिल लामगादे बि.क.लाई शनिबार सम्मान गरिएको हो।

क्लबको गतिविधि, कार्यक्रम र सामाजिक पहललाई सञ्चार माध्यम मार्फत निरन्तर समाचार सम्प्रेषण गरेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको क्लबले जनाएको छ।

सम्मान पत्र क्लबका अध्यक्ष राम बहादुर गुरुङ,संयोजक सिद्ध बहादुर थापा र प्रमुख अतिथि तथा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र देवघाट गाउँपालिकाको उपाध्यक्ष भुवन सिंह गुरुङ्गको उपस्थितिमा प्रदान गरिएको थियो।