मन्त्री घिसिङलाई गुरूङकाे ध्यानाकर्षण पत्र

दमौली,तनहुँ।

 उज्यालो नेपाल पार्टीका नेता समेत रहेका मनराज गुरूङले भाैतिक पुर्वाधार तथा यातायात, ऊर्जा तथा जलस्रोत र सहरी विकास मन्त्री समेत रहेका कुलमान घिसिङलाई तनहुँकाे विकास तथा जनसवालकाे विषयलाई समेटी ध्यानाकर्षण गराएका छन् ।

नेता गुरूङले तनहुँ क्षेत्र नम्बर २ काे विकास निर्माण कार्यमा भएको ढिलासुस्ती र बजेट अभावले राेक्किएका विषयलाई ९ वटा बुदाँमा समेटेर ध्यानाकर्षण गराएका हुन् ।

उनले तनहुँ जलविद्युत आयाेजनाकाे प्रभावित क्षेत्रका जनतालाई सेयर लगानीलाई प्राथमिकता दिनुपर्ने, मुग्लीन पाेखरा सडककाे पश्चिमी खण्डमा लक्ष्य अनुसारको काम हुनुपर्ने, क्षेत्र नम्बर २ मा इलाका प्रशासन र मालपोत कार्यालय हुनुपर्ने, जीपि काेइरालाकाे स्तरउन्नतीलाई प्रथमिकता दिनुपर्ने, इप्रका बेलचाैतारामा दरबन्दी थप गर्नुपर्ने अलपत्र परेका सडककाे छिटाे स्तरउन्नती हुनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् ।